+
+

एमालेका कुनै पनि पदाधिकारी समानुपातिक सूचीमा परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:२८

२ असोज, काठमाडौं । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन ।

१९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल यसअघि नै समानुपातिक पद्धतिबाट सांसद भइसकेका हुन् । उपाध्यक्ष रामबहादुर थापा वादल गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा नपरेका हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेको र यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई समानुपातिकमा नदोहोर्याउने मापदण्ड तयार पारेको थियो । मापदण्डअनुसार यसअघि समानुपातिक सांसद भएका कोही पनि उम्मेदवारको बन्दसूचीमा दोहोरिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?