+

नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : बलियो प्रतिस्पर्धीको रोमाञ्चक खेल

२०७९ असोज  १० गते २०:५२ २०७९ असोज १० गते २०:५२
नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : बलियो प्रतिस्पर्धीको रोमाञ्चक खेल

१० असोज, काठमाडौं । मंगलबार दशरथ रंगशालामा  हुने मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश २४ औं पटक आमने सामने हुँदैछन् । फिफा वरियतामा नेपाल भन्दा बंगलादेश १६ स्थान तल छ । तर इतिहास हेर्ने हो भने नेपालसँगको खेलमा बंगलादेशकाे नतिजा माथि छ ।

हालसम्म नेपाल र बंगलादेशबीच २३ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा विजयी भएको छ भने नेपाल ७ खेलमा मात्र विजयी भएको छ, ३ खेल बराबरीमा टुंगिएको छ । तीन हप्ताअघि आफूभन्दा वरियतामा १८ स्थान माथि रहेको कम्बोडियालाई १-० ले पराजित गरेको बंगलादेशको मनोबल उच्च छ । सोमबार भएको प्रिम्याच कन्फरेन्समा बंगलादेशका प्रशिक्षक र कप्तानले पनि त्यही जनाउ दिए ।

नेपाल र बंगलादेशको हरेक खेल प्रतिस्पर्धात्मक हुन्छ । प्रिम्याच कन्फरेन्समा नेपाली टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईं र कप्तान किरण चेम्जोङले पनि घरेलु मैदानमा खेल जित्ने एकमात्र लक्ष्य रहेको बताए ।

पाँच हप्ताअघि मात्र नेपाली टिमको नेतृत्व सम्हाल्न आएका प्रदीप हुमागाईं यो अवधिको प्रशिक्षणले नेपाली टिम बलियो रहेको दावी गर्छन् । त्यसमाथि नेपाललाई घरेलु मैदानको लाभ पनि रहने उनको भनाइ छ । ‘हामी घरेलु टिम हौं । हाम्रो लागि एउटा राम्रो अवसर हो, वडादशैंको बेलामा जित्नु । हामी जित्ने लक्ष्य लिएर अघि बढेका छौं’ उनले भने ।

किरण चेम्जोङलाई यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट बाहिर राखेका थिए । अहिले फर्किँदा निकै खुशी देखिएका किरणले देशका लागि खेल्ने प्रतिक्रिया दिए । उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि आफूहरु तयार रहेको बताए । उनी भन्छन्, ‘बंगलादेश हाम्रो लागि सधैं बलियो प्रतिस्पर्धी हो । खेल सधैंजस्तै रमाइलो, उत्साहजनक र प्रतिस्पर्धात्मक हुनेछ ।’

नेपाल बलियो प्रतिद्धन्द्वी हो : बंगलादेश

बंगलादेश टिमका प्रशिक्षक जेभियर फर्नान्डिज केबरेरा आफूहरु जित्नकै लागि नेपाल आएको बताउँछन् । कम्बोडियालाई हालै १–० ले पराजित गरेको हुनाले उच्च मनोबलका साथ खेल्ने र जित्ने आत्मविश्वास रहेको उनको भनाइ छ ।

‘हामीले कम्बोडियामाथि जित निकालेपछि हाम्रो टिमको मनोबल उच्च भएको छ । हामी बंगलादेश फर्किएको २२ दिनपछि पुन नेपाल आयौं । हामी यहाँ जित्नकै लागि आएका हौं’ उनले भने ।

फर्नान्डिजले अगाडि भने, ‘हामी पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म खेलमा डटेर लाग्नेछौं ।’

उनले नेपालका कार्यबाहक प्रशिक्षकका बारेमा पनि टिप्पणी गर्न भ्याए । ‘अमेरिकामा रहँदै आएका हुमागाईंका लागि यो पहिलो अवसर हो, हामी भोलि उहाँको खेल हेर्नेछौं ।’

बंगलादेशी टिमका कप्तान जमल भुयान नेपाली मैदानसँग आफूहरु परिचित रहेकाले समस्या नहुने बताउँछन् । ‘नेपाली मैदानसँग हामी धेरै परिचित छौं तर नेपाली समर्थकहरु माझ खेल्नु सहज कुरा होइन’, उनले भने ।

अघिल्लो हप्ता दशरथ रंगशालामा नै भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो । कप्तान जमलले त्यही खेल सम्झिए । ‘एक हप्ताअघि हाम्रो महिला टिमले नेपाललाई घरेलु मैदानमा हराएर साफ च्याम्पियन बनेको थियो । हामी पनि यो यात्रालाई कायम राख्न चाहन्छौं’ उनी भन्छन् ।

पछिल्लो पटक खेलेका दुई खेल थ्री नेशन्स् कप र साफ च्याम्पियनसिपको नतिजा हेर्ने हो भने नेपालले बंलादेशविरुद्ध एक खेलमा जित र अर्कोमा बराबरी खेलेको छ ।

बंगलादेशी टिममा अहिले त्यसको छाप नरहेको कप्तान भुयानले बताए । ‘दुई खेलहरु इतिहास हुन् । मैले त्यसलाई बिर्सिसकें । त्यसमा हाम्रो ध्यान छैन । हाम्रो ध्यान भोलिको खेलमा छ’ उनले भने ।

तथ्याङ्कमा नेपालविरुद्ध बंगलादेश

प्रतियोगिता जम्मा खेल नेपाल जित बंगलादेश जित बराबरी
साफ च्याम्पियनसिप
दक्षिण एसियाली खेलकुद (साग)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
अन्य खेलहरु
हेड टु हेड २३ १३
खेलकुद नेपाल नेपाल-बंगलादेश फुटबल फुटबल बंगलादेश
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय