+
+

रवीन्द्र मिश्रको प्रश्न : कांग्रेसमा धेरै विचलन आयो कि ममा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:०६

१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टी छाडेर राप्रपासँग एकीकरण गरेका रवीन्द्र मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी गरेका छन् ।

विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज ल्याएपछि आफूमा विचलन आएको सार्वजनिक टिप्पणी भएको भन्दै मिश्रले कांग्रेसमा धेरै विचलन आएको दावी गरे ।

‘मलाई पश्चगामी र प्रतिगामी के मात्र भनेनन्’, एकतापछि राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका मिश्रले भने, ‘नेपाली कांग्रेसका नेताहरुले ममा विचलन आएको भन्नुहुन्छ, २०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि म मा धेरै विचलन आयो ?’ नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध गर्दा कांग्रेसकै सरकार रहेको भन्दै मिश्रले लाउडा, धमिजाजस्ता विमान काण्ड पनि कांग्रेसकै पालामा भएको दावी गरे ।

कांग्रेसका नेता वीपी कोइरालाको आदर्श अहिले राप्रपाले बोकिरहेको मिश्रले बताए । ‘कांग्रेसको आदर्श हामीले बोकेका छौं, राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौं’
कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएको पनि मिश्रले टिप्पणी गरे ।

विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको भन्दै उनले भने, ‘तपाईहरुले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?