
२३ असाेज, सुर्खेत । सुर्खेत निर्वाचन-१ काे प्रदेश सभा (ख) मा नेकपा (एमाले) का डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्रीले बागी उम्मेदवारी दिएका छन् ।
खत्रीले आइतबार मेहेलकुनमा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्मा विरुद्ध वागि उम्मेदवारी दर्ता गराएका छन् । खड्कासंगै शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले सुर्खेतको क्षेत्रीय कमिटीले खत्रीको नाम सिफारिस गरेपनि पार्टी केन्द्रले भने शर्मालाई टिकट दिएकाे थियाे । शर्माले टिकट पाएपछि एमाले सुर्खेतले जिल्लाको सिफारिस विपरीत दिइएकाे टिकट खत्रीलाई नै दिन अग्रह गर्दै केन्द्रीय कमिटीलाई पत्र समेत पठाएको थियाे ।
तर केन्द्रीय समिति जिल्लाको निर्णय प्रति चासाे नदिएपछि खत्रीले बागी उम्मेदवारी दिएका हुन् । खत्रीले २०७४ काे निर्वाचनमा पनि साेही क्षेत्रबाट जितेका थिए । सुर्खेत १ काे (क) मा नामावली भएका शर्मालाई (ख) मा जिताउन नसकिने एमाले सुर्खेतले बताएको छ ।
प्रतिक्रिया 4