+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
49/2 (8.3)
Shares

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १२:३७

२९ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ ।

१०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?