+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १२:४३

२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले भनेको छ, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’

बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ ।

घरदैलोमा जाँदा उम्मेदवारले २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?