+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १९:३५

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन भनिएको छ ।

शुक्रबार वलीले विद्यार्थीलाई राखेर चुनावी कार्यक्रम गरेकी थिइन् ।

‘‍…निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने भनेर पनि प्रश्न सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?