+

पाकिस्तानविरुद्धको खेलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

२०७९ कात्तिक  २२ गते ११:५६ २०७९ कात्तिक २२ गते ११:५६
पाकिस्तानविरुद्धको खेलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

२२ कात्तिक, काठमाडौं । पाकिस्तान विरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापा राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले कात्तिक ३० गते हुने खेलका लागि मंगलबार थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै एन्फा कम्प्लेक्समा थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे । यसअघि नै एन्फाले मछिन्द्र क्लबलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिग जिताएका प्रवेश कटुवाललाई पाकिस्तान विरुद्धको खेलका लगि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

नेपाल र पाकिस्तानबीचको खेल दशरथ रंगशालमा हुनेछ र खेल साँझ ५ बजे सुरु हुनेछ ।

नरेश थापा राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय