
५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ ।
१ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् ।
उनलाई माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । कृष्णकुमारले ४५० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिरेन्द्र बहादुर बमले ४०७ मत ल्याएको छ ।
यस्तै नेकपा एममलेका उम्मेदवार गौरीशंकर चौधरीले २५० मत पाएका छन् ।
क्षेत्र नम्बर ३ को मतगणना घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4