 
																			६ मंसिर, पोखरा । कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै निरन्तर अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।
मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ले अग्रता लिएका हुन् ।
बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् । रास्वपका उम्मेदवार पौडेल ४ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् ।
प्रदेशका बहालवाला अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादीका बरालले २ हजार ९७८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4