
६ मंसिर, दाङ । दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् ।
२३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।
रेखा र शंकरबीचको मत अन्तर १८४२ छ ।
रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4