
बारा । बारा क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा एमालेका त्रिलोकीप्रसाद चौधरी निर्वाचित भएका छन् । एमाले-जसपा गठबन्धनबाट उम्मेदवार बनेका चौधरी २ हजार २५८ मतान्तरले विजयी भएका हुन् ।
चौधरीले १६ हजार ७९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद दंगालले १४ हजार २७० मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह कलवारले ३ हजार १२२ मत पाए भने स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले १ हजार ५०२ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4