
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य महासंघको नेतृत्वमा बैंकर्स आएपनि बैंकलाई प्राथमिकतामा नराखेको बताएका छन् ।
मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महासंघको नेतृत्वमा बैंकर आएर बैंकलाई प्राथमिकता दिएको भन्ने विषयमा सत्यता देखिए पनि बाहिर हल्ला आएको जस्तो नभएको बताए ।
महासंघको नेतृत्वमा बैंकका अध्यक्ष तथा पदाधिकारी भएकाले बैंकको पक्षमा महासंघ रहेको भन्ने हल्ला गलत भएको उनले बताए । उनले ३ वर्ष पहिले महासंघको चुनावमा आउँदै गर्दा चुनावी नाराको रुपमा अगाडि सारिएको विषय मात्रै भएको दाबी गरे ।
उनले आफू नेतृत्वमा आउनु भन्दा ३ वर्ष पहिला महासंघको नेतृत्वको विषयमा यस्तो विषय कहिल्यै नआएको बताए । उनले बैंकको सञ्चालक भएपनि बैंकबाट आउने फाइदा भन्दा उद्योग व्यवसायबाट बढी फाइदा हुने गरेको बताए ।
ढकालले बैंकको सञ्चालक वा अध्यक्ष हुनुभन्दा व्यावसायी वा व्यापारी हुँदा फाइदा धेरै हुने भन्दै बैंकलाई तिर्ने ब्याज,प्रिमियम समेत बढी नै तिर्ने बताए ।
प्रतिक्रिया 4