
१६ मंसिर, काठमाडौं । वैज्ञानिकहरुले साढे ५२ करोड वर्ष पुरानो मस्तिष्कको जिवावशेष फेला पारेका छन् । यो अहिलेसम्मको सबैभन्दा पुरानो मस्तिष्कको अवशेष भएको बताइएको छ ।
चीनमा पाइएको उक्त प्राचीन समुद्री किराको जिवाश्म अहिलेसम्म फेला परेकोमध्ये सबैभन्दा पुरानो रहेको र उक्त समुद्री किराको जिवाश्ममा मस्तिष्कको अवशेष पनि रहेको छ । उक्त किराको मस्तिष्कको अनौठो आकारले पृथ्वीमा किरा फट्यांग्रा प्रजातिको विकासका बारेमा विभिन्न तथ्यहरु पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ ।
चीनको युनान प्रान्तस्थित एक क्षेत्रमा फेला परेको उक्त जीवको नाम कार्डियोडिक्टियन क्याटेनुलम हो । सन् १९८४ मा अन्य विभिन्न जिवाश्मसँगै यसको पनि खोज भएको थियो । किराजस्तै देखियो यो जीव लोबोपोडिया फाइलममा पर्दछ । यो समुद्रको पिँधमा बस्ने आथ्रोपोडका पूर्वजहरुको एक लोप भैसकेको समूह हो । यो जीव क्याम्ब्रियन कालमा अस्तित्वमा थियो ।
आथ्र्रोपोड इभोलुसन जर्नलमा छापिएको शोध अनुसार यो किराको जीवाश्मको गहन अध्ययनका क्रममा त्यसमा आश्चर्यजनक रुपमा मस्तिष्क तथा पूरै स्नायु प्रणाली पनि संरक्षित रहेको पाइएको छ ।
एरिजोना विश्वविद्यालयका मुख्य शोधकर्ता निकोलस स्ट्रसफेल्डका अनुसार यो पृथ्वीमा पाइएको सबैभन्दा पुरानो मस्तिष्कको जीवावशेष हो ।
क्याटेनुलमको मस्तिष्कको अनुसन्धान गर्नमै वैज्ञानिकहरुलाई ४० वर्ष लाग्यो, किनकी यो जीवको कोमल तन्तुहरु समयसँगै नष्ट भएर गएको वैज्ञानिकहरुको अनुमान थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4