+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मर्ज भएका विद्यालयले बस अनुदानका लागि १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १८:०२

१८ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुलाई स्कुल बस व्यवस्थापनको लागि अनुदानका लागि प्रस्ताव पेस गर्न सूचित गरेको छ ।

आर्थिक वर्ष २०७९/२०७० का लागि विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यवस्थापनका लागि केन्द्रले अनुदान उपलब्ध गराउने छ ।

त्यसका लागि केन्द्रले तोकेको आधार बमोजिम विद्यालयहरुले स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस सहित १५ दिनभित्र केन्द्रमा आईपुग्ने गरी प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।

केन्द्रले सामुदायिक विद्यालयको रुपमा अनुमति वा स्वीकृति प्राप्त गरी नियमित रुपमा कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय हुनुपर्ने, विद्यालयमा नियमानुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हुनुपर्ने, शैक्षिक सत्र २०७७÷२०७८ वा शैक्षिक सत्र २०७९ मा दुई वा शैक्षिक सत्र २०७९ मा दुई वा सोभन्दा बढी विद्यालयहरु एक आपसमा समायोजन वा मर्ज भई हाल तराई क्षेत्रमा कम्तीमा १८ सय, पहाडमा १२ सय र हिमालमा ६ सय विद्यार्थी अध्ययनरत हुनुपर्ने आधार तोकेको छ ।

त्यस्तैगरी विद्यालयमा बाह्रै महिना सजिलोसँग आवतजावत गर्न मिल्ने भरपर्दो बाटो भएको हुनुपर्ने, बस सञ्चालनका लागि इन्धन, मर्मत तथा चालक र सहचालकको खर्च विद्यालय आफैले वा स्थानीय तहले व्यहोर्ने प्रतिवद्धता हुनुपर्ने, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागबाट जारी भएको स्कुल बस निर्देशिका २०७४ मा भएको व्यवस्था पालन गर्ने प्रतिवद्धता सहित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइबाट सिफारिस भएको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?