+
+

इटलीका पाओलो रोसी : एउटै संस्करणमा विश्वकप उपाधि, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १०:२१

१ पुस, काठमाडौं । एकै संस्करणमा विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दा कस्तो होला ? सायद यो सफलताको खुसी शव्दमा व्यक्त गर्न सकिंदैन । इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने ।

उनी सम्मिलित टिमले विश्वकप उपाधि जित्यो । उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ताका लागि उनले नै गोल्डेन बुटसमेत जिते । उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए ।

स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो । पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरे ।

इटलीले फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए । समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३–२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २–० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए ।

विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए । रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे ।

सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?