+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसदीय दलको नेतामा शेखर र गगन दुबैको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:०४
फाइल तस्वीर ।

४ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।

कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसको अघिल्लो दिन सोमबार विहान डा. शेखर र महामन्त्री थापाबीच कुराकानी भएको थियो ।

दिउँसो समूहका नेताहरु छलफलमा जुटेका थिए । एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए । उनले भनेका छन्, ‘मेरो नेता शेखर कोइराला हो, यसमा शंका गर्न जरुरी छैन ।’

डा. शेखरले भने १४औं महाअधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भनेर प्रश्न गरेका थिए ।

छलफलमा सहभागी नेताहरुले भने यो समूहबाट एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् । ‘फलानो हुनुपर्छ भनेर हामीले भनेनौं । तपाईंहरु आपसमा बस्नुस् र दुईमध्ये एक हुनुपर्छ भनेका छौं’ बैठकमा सहभागी एक नेताले भने ।

उनका अनुसार यो समूहको बैठक भोलि विहान साढे ८ बजे राखिएको छ, जहाँ थप छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?