
७ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराज बिहीबार नै थुनामुक्त हुने भएका छन् ।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ताको व्यवस्था गर्न आदेश दिएसँगै उनी केन्द्रीय कारागारबाट रिहा हुन लागेका हुन् ।
शोभराजलाई छाड्नुपर्ने भन्दै रिट लिएर अदालत जाने गोपाल शिवाकोटी चिन्तनले उनी बिहीबार नै रिहा हुने बताए ।
रिहा भएपछि शोभराजलाई अध्यागमन विभागमा लगिनेछ । अहिले केन्द्रीय कारागारभित्रै शोभराजको स्वास्थ्य परीक्षण गरिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4