+
+

अर्थतन्त्र काबुभन्दा बाहिर छैन, लयमा फर्काउँछु : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १७:३९

१३ पुस, काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताए ।

पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह समेत गरे। उनले भने, ‘अर्थतन्त्रको स्थिति काबुबाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिस ह्यान्डलिङ पक्कै भएको हो । यद्यपि सावधानी रुपमा अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं।’

‘म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रै’छ । त्यसको महसुस मैले पनि गरिरहेको छु’ उनले अघि थपे ।

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले अर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाइ छ । सबल अर्थतन्त्र निर्माणका लागि एक एक ईंटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासमा सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे ।

संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक/एक वटा ईंटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिंदै अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?