+
+

लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १०:१०

२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस सोमबार अथात् आजै दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने एक बैंकका सञ्चालकले बताए ।

‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ उनले भने ।

दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जरको प्रस्ताव पास गरेर सम्झौता हुन लागेको हो । १ः१ को सेयर आदानप्रदान  अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने गरी सम्झौता गर्न लागेको उनले बताए । सम्पत्ति र दायित्वको पुर्ण मूल्यांकन डीडीए गर्दा स्वाप रेसियो ५ प्रतिशत भन्दा बढीले तलमाथि नभएमा १ः१ कै स्वापमा मर्जरमा जाने उनले बताए ।

मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहेन ती सञ्चालकले बताए । सञ्चालक समिति व्यवस्थान लगायतका विषयमा अहिले छलफल भइरहेको छ ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । यी बैंक समान स्वाप रेसियोमा मर्ज हुँदा चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

सनराईज बैंकमा एमभी दुगड समूहको लगानी छ भने लक्ष्मी बैैंकको मुख्य लगानीकर्तामा राजन्द्र खेतान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?