+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रदेश १ मा प्रचण्डका ज्वाईं मन्त्री पक्का

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष २८ गते १९:२५

२८ पुस, विराटनगर । प्रदेश १ सरकारमा को को मन्त्री बन्ने भन्ने विषयमा नेकपा माओवादी केन्द्रभित्र हानाथाप सुरु भएको छ । १३ जना सांसद रहेको माओवादी केन्द्रले केही दिनभित्रै ३ जनालाई सरकारमा पठाउने तयारी गरेको छ ।

माओवादी स्रोतका अनुसार प्रदेशसभा सदस्य जीवन आचार्य मन्त्री बन्ने लगभग पक्का छ । उनी माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईं हुन् । अन्य दुई जनाको नाम छनोटका लागि नेतृत्वलाई सकस परेको छ ।

‘उहाँको नाम कन्फर्म हो, तर जुनियर भएका कारण स्वीकार गर्न सक्ने अवस्था छैन’, माओवादीका एक सांसदले भने,‘उहाँलाई मन्त्री बनाउन प्रचण्डको निर्र्देशन छ, गंगा कमरेडले (जीवनकी श्रीमती गंगा दाहाल) पनि निरन्तर भनिरहनुभएको छ ।’

माओवादी केन्द्र प्रदेश १ कमिटीले माओवादीको साविकको कोचिला, किरात र लिम्बुवान प्रदेशबाट १÷१ जना मन्त्री बनाउने निर्णय गरेको थियो ।

सो निर्णयका आधारमा मन्त्री छान्न बनेको तीन सदस्यीय समितिलाई पहिलो नम्बरमा राजेन्द्र कार्की, दोस्रो नम्बरमा दुर्गा चापागाई, तेस्रो नम्बरमा गणेश उप्रेती र चौथो नम्बरमा जीवन आचार्यको नाम सिफारिस गरेको थियो ।

पाँचौ नम्बरमा राजन किराती, छैठौं नम्बरमा नारायणबहादुर मगर र सातौ नम्बरमा गोम्बु शेर्माको नाम सिफारिस गरेको थियो । सो नामका आधारमा केन्द्रसँग समन्वय गरी मन्त्री छनोट गर्न प्रदेश इञ्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङलाई जिम्मेवार दिएको छ ।

आचार्य मन्त्री भए मोरङका अर्का सांसद गणेश उप्रेतीले मन्त्री बन्न पाउदैनन् । आचार्यसँगै चापागाईं र कार्की र किरातीको सम्भावना रहेको नेताहरु बताउँछन् । ‘भोलि बिहान बैठक बसेर मन्त्रीको टुङ्गो लगाउँछौं’, संसदीय दलका नेता आङ्बोले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका आचार्यले पनि आफू मन्त्री बन्ने संकेत गरे । उनले सरकारमा बसेर काम गर्ने चाहना रहेको बताउँदै पार्टीले पठाएको अवस्थामा सरकारमा जाने बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?