+
+

दीपक मनाङेले भने : म प्रतिपक्षमै बस्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २१:५०

२८ पुस, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आफू प्रतिपक्षमा बस्ने बताएका छन् ।

नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका उनले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेखेका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले  आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् ।

उनले फेसबुकमा के लेखेका छन् पढ्नुहोस् :

गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारीले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला (ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमालेको २२,  माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु । धन्यवाद !! 🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?