 
																			२ माघ, जनकपुरधाम । आजका लागि डाकिएको मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ ।
पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेश प्रदेश सभाको बैठक पनि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ ।
आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।
अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने सचिवालयले एसएमएसमार्फत जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4