 
																			९ माघ, काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।
नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो । बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । विकास बैंक हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा दुई प्रतिशत भन्दा माथिको गिरावट हुँदा नेप्से पनि घटेको हो ।
स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआई लगायत केही बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरणका कारण लगानीकर्ताको आकर्षण हुँदा सोमबार बैंकिङ उपसूचक बढ्न पुगेको छ ।
नेप्सेमा गिरावट भएपनि सामबार कारोबार रकम भने ४ अर्ब नजिक पुगेको छ । १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ३ अर्ब ८६ करोड ४० लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये कुमारी बैंकको २७ करोड ४८ लाख २९ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको १२ करोड ७५ लाख ७८ हजार, रिडी हाइड्रोपावरको ११ करोड ३३ लाख २३ हजार, अपी पावरको ११ करोड १३ लाख ९० हजार र एभरेष्ट बैंकको १० करोड २ लाख ७२ हजारको कारोबार भएको छ ।
एनसीसी बैंक र कुमारी बैंक मर्जर भएर एकीकृत कारोबारको लागि सेयर कारोबार रोक्का हुँदा नयाँ सरकार गठनसँगै नेप्से बढ्दा कारोबार नभएको कुमारी बैंकको सेयर कारोबार सोमबार खुलेसँगै उच्च भएको छ । यस्तै एभरेष्ट, एनआईसी एशिया लगायतका बैंकमा वित्तीय विवरणले पनि लगानीकर्ताको आकर्षण देखिदा उच्च रकमको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा २१० कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ । आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.७९ प्रतिशतले गिरावट हुँदा लिबर्टी इनर्जी लिमिटेडको सेयरमूल्य ७.१९ प्रतिशतले गिरावट भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4