+
+

क्यानले भन्यो : सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १५:१९

१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।

‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?