+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते ९:५१

१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

उनले आज ट्वीट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।

उपसभापति खड्काले लेखेका छन्, ‘दायाँवायाँ नसोची, नहेरी ! निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ यसतर्फ बेलैमा ध्यान जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?