+
+

नेपालको संक्रमणकालीन न्यायमा अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:१६

१६ माघ, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विषयमा चासो व्यक्त गरेकी छन् ।

भ्रमणको दोस्रो दिन ललितपुरस्थित पाटन दरवार स्क्वायरस्थित बहादुर शाह भवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो भेटघाटका क्रममा यस विषयमा छलफल भएको जानकारी दिइन् ।

‘भ्रमणका क्रममा नेपाल अमेरिका सम्बन्धका विषयमा छलफल भयो । साथै, नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विषयमा समेत महत्वपूर्ण छलफल भएको छ,’ उनले पत्रकार सम्मेलनमा भनिन् ।

गत मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

दक्षिण एसियाली मुलुकहरूको भ्रमणका लागि निस्केकी नुल्याण्ड दुई दिन नेपालमा बिताएर भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्याण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् ।

उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरवार स्कायरको अवलोकन गरेकी थिइन् भने त्यसपश्चता पत्रकार सम्मेलन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?