१९ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका फ्रिफा रेफ्री र फिफा सहायक रेफ्री गरी १२ जनालाई ब्याज प्रदान गरेको छ ।
एन्फाले बिहीबार ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्रीलाई २०२३ को ब्याज प्रदान गरेको हो । रेफ्रीहरु अन्जना राई, नविन्द्र महर्जन, कबिन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठले फिफा ब्याज प्राप्त गरे ।
यस्तै राधिका शाक्य, नानीराम थापा मगर, माधव केसी, युनाल मल्ल, शहदेब श्रेष्ठ, बिक्रम चौधरी, किशन कनैया यादवले फिफा सहायक रेफ्री ब्याज प्राप्त गरे ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई र एन्फा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले रेफ्रीहरुलाई ब्याज वितरण गरे ।
कार्यक्रममा एन्फा रेफ्री संघका महासचिव बलराम थापा, कोषाध्यक्ष सचिन अमात्य र सदस्य शैलेश जोशीको पनि उपस्थिति थियो ।
प्रतिक्रिया 4