+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८७ बलमा १४० रन आवश्यक
चितवन राइनोज 2025
30/3 (5.3)
Shares

खर्च कटौती गर्न स्थानीय तहलाई परिपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १७:४२

२० माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरीका स्थानीय तहलाई खर्च कटौतीको लागि परिपत्र गरेको छ ।

अर्थ मन्त्रालयले माघ १७ गते निर्णय गरेर सबै प्रदेश र स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८०को चालु तर्फको अनिवार्य बाहेक २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णयको आधारमा संघीय मामिला मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई खर्च कटौती गर्न परिपत्र गरेको हो ।

२० प्रतिशत खर्च कटौती हुने खर्च शिर्षकहरुमा कर्मचारी तलब खर्च, जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च, अन्य भ्रमण खर्च, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च, फर्निचर तथा फिक्चर्स खर्च, विविध कार्यक्रम खर्च इन्धन खर्चलगायत छन् ।

देश आर्थिक संकटतर्फ अगाडि बढेको भन्दै वर्तमान सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा आधारित भएर अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौतीको निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?