
२१ माघ, काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4