+
+

विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:००

२२ माघ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालय अगाडि सडक अवरुद्ध गरि केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।

लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षका माग गर्दा समेत चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रेको विद्यार्थीहरुले बताएका छन् ।

एसईई परीक्षा आउन डेढ महिनामात्र बाँकी रहँदासमेत पढाइ नभएको उनीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?