
२६ माघ, काठमाडौं । राप्रपाको विद्यार्थी र युवा संगठनको राष्ट्रिय भेला काठमाडौंमा हुँदैछ । माघ २८ र २९ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको र फागुन १३ र १४ गते राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेलाको मिति तय गरिएको राप्रपाले जनाएको छ ।
पार्टीका संयोजित संगठनका प्रमुख, महामन्त्री राजेन्द्र गुरुङका अनुसार विद्यार्थी संगठनको भेलामा ३०० भन्दा बढी र युवा संगठनको भेलामा २४२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
भेलाले ती संगठनको विधान संशोधन गर्ने, महाधिवेशन आयोजक समिति गठन गर्ने र संगठनको आगामी कार्यदिशा तय गर्ने गुरुङले बताएका छन् ।
दुवै संगठनको राष्ट्रिय भेलाको उदघाटन राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4