
२९ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा नेपाललाईे गर्दै आएको सहयोगका लागि परराष्ट्र मन्त्री पौड्यालले नर्वेजियन सरकारलाई धन्यवाद दिइन् ।
भेटवार्तामा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4