+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भूगोल इनर्जीको आईपीओ ८ फागुनदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले किन्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १३:५५

१ फागुन, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ८ फागुनदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित दैलेखका बासिन्दाका लागि निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ द्वारीका बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाबासीका लागि २ लाख ७२ हजार २७ कित्ता आईपीओ निष्कासन हुने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतले हुने १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको १ लाख ८ हजार ८११ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेको नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बैदेशिक रोजगारीमा रहेकाहरुले आईपीओमा २५ फागुनसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

कम्पनीले दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ छ । प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?