+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साढे ७७ लाख रुपैयाँको धनमाल चोरी गरेको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १८:५२

१० फागुन, काठमाडौं ।  साढे ७७ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई हाल गोकर्णेश्वर नपा ५ मा  सुनचाँदी व्यवसाय गर्ने वर्ष ४३ को राजकुमार योङया लिम्बु, धनकुटा घर भइ काठमाडौंको छहारी बस्ने वर्ष ३८ को जीवन मगर र धादिङ भएका वर्ष ४३ का सागर तामाङ तथा मकवानपुर घर भइ गोकर्णेश्वरमा बस्ने वर्ष ४२ का रेशम रुम्बा छन् ।

पक्राउ परेका मध्ये सागर तामाङ र रेशम रूम्बा २०६९ सालमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भैई २०७७ सालमा राष्ट्रपतिद्वारा आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।  यस्तै राजकुमार योङया लिम्बु भने सवारी अङ्ग भङ्ग मुद्दामा  तारिखमा रहेका व्यक्ति हुन् ।

यस्तै चोरीको सामान किनेको आरोपमा सिन्धुपालचोक घर भई अरुबारी बस्ने वर्ष ५२ को पेम्बा लामा र मुस्ताङ घर भई धारा टोल बस्ने वर्ष ४१ को डिमा वाङदी गुरुङलाई पनि प्रहरीले पक्रेको छ । उनीहरुले पुस ७ गते बौद्ध फूलबारीका सङ्गे लामाको घरको पूजा कोठाको झ्यालको ग्रिल फुटाइ मुगा, सि माला, सुनको गरगहना, चाँदीका तिब्बेतेन पूजाका सामान चोरी गरेको प्रहरीको आरोप छ ।

यस्तै उनीहरले चैत १ गते बिहान ललितपुर घर भई बौद्ध स्तुपास्थित सुन चाँदि तथा बिभिन्न धातुका पसल सञ्चालन गर्ने सुजन शाक्यको पसलको स्टोर रुमबाट ३५ लाख ५० हजार रुपैयाँ बराबरको सामान चोरेका प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उनीहरुले दिनको समयमा आफ्नै ट्याक्सी लिई चोरी गर्ने घरको लोकेसन लगायतको सुचना लिने, चोरी गर्ने एरियाको बाटोमा भएका सीसी क्यामरा फुटाउने वा बङ्याइ आवत जावत गरेको नदेखिने बनाउने, चोरीमा प्रयोग हुने आफ्नै ट्याक्सीको केहि नम्बर प्लेट छोपी प्रयोग गर्दै आएका थिए ।

यस्तै चोरी गर्न जादा एडिडास, रिबोक, पुमा जस्ता महंगो ब्राण्डका कपडा, जुत्ता र क्याप टोपी प्रयोग गर्ने र चोरी गरी सकेपछि हुलिया परिवर्तनका लागि  ब्राण्डेड कपडा, जुत्ता र क्याप टोपी आदि परिवर्तन गर्ने गरेका थिए ।

उनीहरुले नगद, सुन, चाँदी वा बहु मुल्य धातुहरु मात्र चोर्ने गरेको र सामानहरु पाँचथर हिलिहाङ घर भई हाल गोकर्णेश्वर नपा ५ मा बस्ने  वर्ष  ४३ को राजकुमार योङया लिम्बुले संचालन गरेको पाथिभरा सुन चाँदी पसलमा बिक्री गर्ने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?