
१६ फागुन, काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले १४.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १५ फागुन बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4