 
																			१८ फागुन, काठमाडौं । सन् नेपाल लाइफ इन्स्यारेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्कासन गर्न अनुमति माग गर्दै १७ फागुनमा बोर्डमा आवेदन दिएको हो ।
कम्पनी २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4