
१९ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् ।
बैंकहरुले चर्को ब्याज लिएको भन्दै व्यवसायीले शुक्रबार शुक्रबार बिहान धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि करिब ४५ मिनेट सडक अवरोध गर्दै व्यवसायीहरु धर्नामा बसेका थिए ।
सुदूरपश्चिम उद्योग वाणिज्य महासंघ, कैलाली उद्योग वाणिज्य संघ लगायतका व्यावसायिक संघसंस्थाहरुले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् । बैंकहरुले वृद्धि गरेको व्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सोमबारदेखि नियमितजसो आन्दोलनमा छन् ।
बैंकको ब्याजदर एकल अंकमा झार्न माग गर्दै चौराह ट्राफिक चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म विरोध र्याली र त्यसपछि कोणससभा गरिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए । चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी टाट फर्केको तर बैंकहरुले सहजीकरण नगरेपछि दबाब स्वरुप प्रदर्शन गरिएको ओझाले बताए ।
‘हामी निरन्तर आन्दोलनमा छौं, आज पनि कोण सभा र बिरोध प्रर्दशनका कार्यक्रम ग¥यौं,’ ओझाले भने, ‘आन्दोलनमा यस क्षेत्रका सबै उद्योगी व्यवसायी र वस्तुगत संघहरुको ऐक्यबद्धता छ ।’
शुक्रबार व्यवसायीहरुको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता जनाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि पुगेर ढकालले व्यवसायीका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।
उनीहरुले दैनिक बिहान ९ देखि ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्दै आएका छन् ।
प्रतिक्रिया 4