+
+

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १२:२९

२५ फागुन, वीरगञ्ज । वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरका अन्दाजी २५ वर्षीय सुरज सर्राफको मृत्यु भएको हो ।

वीरगञ्ज-१६ बस्ने अन्दाजी २६ वर्षीय विपिनकुमार कुशवाहा घाइते भएका छन् । उनको दुवै हात भाँचिएको छ ।

बाराको नौतन बहुअरीस्थित एलएस न्युरो अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्ज- पथलैया सडकखण्ड अन्र्तगत वीरगञ्ज-१४ गण्डक चोकमा बुधबार राति ९ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०३-००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना२५प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

गम्भीर घाइते अवस्थामा दुवै मोटरसाइकलका चालकलाई उद्धार गरेर प्रहरीले एलएस न्युरो अस्पतालमा उपचारका लागि पठाएको थियो ।

एलएस न्युरोमै उपचारको क्रममा ७९३० नम्बरको मोटरसाइकलको चालक सुरजको बिहीबार बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

होली पर्वको बहानामा अत्याधिक मादक पदार्थ सेवन गरेर, ट्राफिक नियम उलंघन गरेर सवारी साधन चलाउँदा ११ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा १२ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?