+
+

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ अधिकारी झाङबीच भेटवार्ता

केरूङ र तातोपानी नाकालाई व्यवस्थित बनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १५:१०

२९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले केरुङ र तातोपानी नाका व्यवस्थित बनाएर आयात-निर्यातलाई सहज बनाउन चिनियाँ अधिकारीसँग आग्रह गरेका छन् ।

वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल  ट्रेड'(सीसीपीआईटी)का उपाध्यक्ष झाङ शाओगाङसँग सोमबार भएको भेटमा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन ।

चीन नेपालको दोस्रो व्यापारिक साझेदार मुलुक रहेको भन्दै मन्त्री श्रेष्ठले चीन र नेपालबीचको व्यापार घाटा कम गर्न आपसी समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल एक चीन नीति प्रति दृढ रहेको भन्दै मन्त्री श्रेष्ठले चिनियाँ लगानीको सधैं स्वागत गरिने उनले बताए ।

उपाध्यक्ष झाङले झण्डै ४ वर्ष लामो कोभिड-१९ संक्रमणले चीनको वैदेशिक लगानी तथा व्यापारमा असर परेपनि चीन अब कोभिडबाट खुल्ला र सहज अवस्थामा आइसकेको बताए । कोभिडका कारण चीन र नेपालबीच भ्रमण आदानप्रदान हुन नपाएको र त्यसबाट व्यापारमा समेत असर परेको उनको भनाइ थियो ।

नेपाल आफूहहरूको पुरानो र नजिकको मित्र भएको भन्दै उनले नेपालमा थप लगानीको सुनिश्चितता गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको बताए । झाङले नेपालले ठूलो प्रविधियुक्त उद्योग-निर्माणको सोच बनाए त्यसमा चीनले खुलेर साथ दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?