+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १६:१८
कुटपिटपछि बालकको खुट्टामा देखिएको निलडाम ।

५ चैत, झापा । झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।

अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै शिक्षिका एलिना न्यौपानेले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पीडित विद्यार्थीको परिवारले आरोप लगाएको छ ।

दमक ३ का वडाध्यक्ष नविन बरालले पनि कुटपिटको सूचना आएपछि आफूहरुले बुझ्ने प्रयास गरेपनि पीडित पक्ष वा विद्यालयबाट धेरै जानकारी प्राप्त नभएको अनलाइनखबरलाई बताए । ‘फेसबुकमा फोटोसहित विवरण आएपछि मैले पनि बुझ्न खोजेको थिएँ’, उनले भने, ‘तर, धेरै विवरण प्राप्त भएन ।’

शनिबार पीडित विद्यार्थीका आफन्त दुर्गा पौडेलले पीडित विद्यार्थीको फोटोसहित स्ट्याटस लेख्दै विद्यालय, शिक्षा र शिक्षिकालाई कारबाही गर्नुपर्ने बताएकी थिइन् ।

‘यस्तो क्रियाकलाप हुने विद्यालयमा तपाईंको नानीबाबुलाई कसरी पढ्न पठाउने ?’, उनले प्रश्न गरेकी छन्, ‘बिहान हाँस्दै रम्दै गएको बच्चा भरे खुट्टाका पिडुँलाभरि रगताम्य सुम्ला लिएर फर्किन्छ ।’

इलाका प्रहरी कार्यालय, दमकका डीएसपी मनोज लामाले घटना प्रहरीसम्म आइनपुगेको बताए । ‘प्रहरीमा आएको भए के भएको रहेछ बुझ्थ्यौं, त्यतै मिलाएकाले थाहा नभएको हुनसक्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?