+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुणस्तरीय र सस्तो टेलिकम सेवाका लागि वर्ल्डलिंक तयार छ : अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १९:१५

६ चैत, काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सरकारसँग टेलिकम सेवा प्रदायकको अनुमति दिन माग गरेको छ ।

सोमबार कम्पनीमा १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याइको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलीप अग्रवालले आफूहरु इन्टरनेटसँगै फोनमा भ्वाइस र डेटा सेवा प्रदान गर्न सक्षम र तयार रहेको बताए ।

देशभर ७ लाख ५० हजार भन्दा धेरै ग्राहक रहेको इन्टरनेट सेवा प्रदायक कम्पनीका मालिक समेत रहेका अग्रवालले आफूहरु फइबर इन्टरनेट सेवामा नचाहेरै पुगेको तर राम्रोसँग काम गर्दा झनै उत्कृष्ठ नतिजा आएको बताए ।

‘राम्रो गर्नका लागि कसरी कुन ठाउँमा पुगेको भन्ने कुराले मान्यता नराख्ने रहेछ,’ अग्रवाल भन्छन्, ‘फाइबर इन्टरनेटमा नजानु पर्ने ठाउँमा हामी हुत्याइएर पुग्यौं । तर, हामीले राम्रो गर्‍यौं । नेपालको एक नम्बर कम्पनी भयो । सरकारले अनुमति दिए ग्रामिण दूरसञ्चार टेलीकमको भ्वाइस तथा डेटा दुवै गुणस्तरीय र सस्तो सेवाका लागि पनि हामी तयार छौं ।’

अग्रवालले आफूहरु टेलिकम सेवाका लागि आएको तर सरकारका कारण त्यो सम्भव नहुँदा फाइबर इन्टरनेटमा पुगेको खुलासा समेत गरे ।

अहिले वर्ल्डलिंक नेपालभर गुणस्तरीय फाइबरनेट सेवा विस्तारमा लागेको उनले बताए । राम्रो गरेका कारण देशभरका जनता गुणस्तरीय इन्टरनेट पहुँचमा जोडिइरहेका छन्,’ अग्रवालले थपे, ‘आगामी तीनवर्ष भित्रै देशको ७० प्रतिशत जनतालाई गुणस्तरीय इन्टरनेट पहुँचमा जोड्छौं ।’

वर्ल्डलिंकले राम्रो गरेकै कारण विदेशी लगानीकर्ताहरुले थप लगानी भित्र्याएको भन्दै उनले यसले अझै गुणस्तर र पहुँचमा फड्को मार्ने दाबी गरे । नेपालका जनतामा गुणस्तरीय इन्टरनेट पहुँचका लागि आफ्नो कम्पनीले काम गरिरहेको भन्दै अग्रवालले अझै राम्रो गर्दै जाने दाबी गरे ।

वर्ल्डलिंकमा भित्रियो झण्डै २ अर्ब लगानी

वर्ल्डलिंकले सोमबार दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट (बीआईआई) बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याइएको वर्ल्डलिंकले जनाएको छ । यससँगै वर्ल्डलिंकमा विदेशी लगानी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

यसअघि सन् २०१९ को अक्टोबरमा वल्र्ड लिंकले बीआईआईबाट १ अर्ब ३५ करोड रुपैयाँ लगानी भित्र्याएको थियो । सभत्रिएको लगानीले थप एक हजार रोजगारी सिर्जना हुने र ग्रामिण क्षेत्रमा इन्टरनेट विस्तारमा काम गर्ने वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डलिंकमा एक अर्ब २० करोड लगानी थप गरिएकोबारे जानकारी दिनै लगानीकर्ता कम्पनी बीआईआईका प्रविधि तथा टेलिकम प्रबन्ध निर्देशक अभिनव सिन्हाले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवा प्रदायक कम्पनी बनाउनका लागि दोहोर्‍याएर लगानी गरेको बताए । ‘गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धि गर्न लगानी बढाउँन चाहन्छौं’ सिन्हाले भने ।

यस्तै कम्पनीमा ९० करोड रुपैयाँ लगानी गरेको डोल्मा इम्प्याक्ट फण्डले विश्वव्यापी डिजिल अर्थतन्त्र विकासका लागि वर्ल्डलिंकमा लगानी गर्ने निधो गरेको दाबी गरेको छ ।

फण्डका प्रमुख कार्याकारी निर्देशक प्राध्यपक टिम गोचर ओबीईले डिजिटल उद्योगमा नेपाली दक्षता बृद्धिमा लगानी फलदायी हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?