 
																			त्यो जित
इतिहास बोकेको जित
नेपाली जनको आश
सास र प्रयास बोकेको जित
अदम्य साहस बोकेको जित
त्यो जित आफैंमा कला थियो
लगन थियो
खेलाडीको अथक मेहनत
त्याग, समर्पण हो त्यो
सबैको जित हो त्यो
देख्यौं
त्यो सानो बलभित्र
कसरी
देश लुकेको थियो
आत्मीय भाव लुकेको थियो
एकता लुकेको थियो
राष्ट्रको प्रतिष्ठा लुकेको थियो
त्यो बलले
त्यो ब्याट्ले
सधैं झैं
र अझै भनौं
यस पटक अझ बेसी
सिंगो देश बोकेका थिए
व्यग्रता, उत्सुकता बोकेका थिए
सारा जनको
मनको ढुकढुकी बोकेका थिए
तराई, पहाड, हिमालको नाम खोपेको थिए
हामीले राष्ट्रका गहना मान्यौं
उनीहरूले खेले
सँगै सिंगो देश खेल्यो
देशवासी खेले
हामी सबै मैदानमा थियौं
सान, मान र सम्मानका खातिर
भनौं
हामी युद्धमा थियौं
एक रोमाञ्चक युद्ध
जुन जित्यौं
सानका साथ
आत्मसम्मानका साथ
पछिसम्म हुनेगरी
इतिहासमा रहनेगरी ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4