+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पद्मकन्याका नेविसंघ अध्‍यक्ष कुटेको विरोधमा प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ चैत १९ गते १८:००

१९ चैत, काठमाडौं। काठमाडौंस्थित बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

केही समयअघि नेपाल विद्यार्थी संघको इकाइ अध्‍यक्ष सगुन कँडेलमाथि हातपात भएकोमा विरोध जनाउदै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरुले ‘स्वास्थ्य लाभको कामना सगुन कँडेल’ लेखिएको प्लेकार्ड बोकेर क्याम्पसलाई शान्ति क्षेत्र बनाउन माग गर्दै प्रदर्शन गरेका थिए।

साथै निर्वाचन कार्यलयमा लगाइएको तालासमेत फोड्दै प्रदर्शनकारी विद्यार्थीले पिकेमा अशान्ति मच्चाउने शक्ति केन्द्रलाई चेतावनी दिएका छन्।

केही समयअघि स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघबाट समानुपातिक प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा विवाद बढ्दा इकाइ अध्यक्ष कँडेललाई अर्को समूहले कुटपिट गरेको थियो।

नेविसंघकै निवर्तमान इकाइ अध्यक्ष लक्ष्मी दाहालको नेतृत्वबाट कुटिएकी कँडेल घाइते भएर अस्पताल भर्ना भएकी छिन्।

समानुपातिकबाट स्ववियु उपाध्यक्ष निर्वाचित भएकी कँडेलको टाउकोमा चोट लागेको छ।

कुटपिटबाट घाइते भएकी कँडेललाई भेट्न नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता अस्पताल पुगेका थिए।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने अन्तिम दिन नेविसंघ केन्द्रीय कार्यसमितिले सूची पठाएको थियो। केन्द्रीय कार्यसमितिको सूचीलाई दाहालको समूहले नमानेपछि विवाद भएको थियो।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?