+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बुटवलमा विष्णु पौडेलले भने : राजधानी दाङ सरेको सम्झेर कति पिरोलिने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १८:४४

२४ चैत, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएको विषय सम्झेर सधैं पिरोलिन नहुने बताएका छन् । स्थायी राजधानी दाङ  भए पनि पूर्वाधार र विकासमा  बुटवललाई उछिन्न नसक्ने  दाबी गर्दै पौडेलले व्यावसायीहरुलाई  निराश  नहुन आग्रह गरे  ।

होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको ११औं अधिवेशनको उद्घाटन गर्दै पौडेलले आफूले बुटवलमा स्थायी राजधानी बनाउन सकेसम्म प्रयास गरेपनि प्रदेश सभाले दाङ निर्णय गरेकाले अब राजधानीको बिषय कोट्याएर समय खेर नफाल्न आग्रह गरे ।

‘अब राजधानी राजधानी राजधानी भन्न छाडिदिनुस्’, पौडेलले भने, ‘सकेसम्म प्रयास गरेको हो तर प्रदेश सभाले निर्णय गरेपछि त्यही कुरा  सम्झेर कति दिन पिरोलिने, राजधानी जादैमा सबै सकियो भन्ने लघुताभास पाल्न हुँदैन ।’

अमेरिकाको न्यूयोर्क, भारतको मुम्बई र युएईको दुबईको  उदाहरण दिंदै पौडेलले  प्रशासनिक राजधानी नहुँदैमा आकाश नखस्ने र धर्ति नफाट्ने तर्क गरे । संघीयता कार्यान्वयनमा आउनुअघि नै बुटवल र रुपन्देही पूर्वाधार विकासका दृष्टिले आर्थिक केन्द्रको रुपमा स्थापित भइसकेको तथ्यलाई नबिर्सेर  अब रुपन्देहीलाई थप समृद्ध बनाउने बिषयमा बहस गर्न पौडेलले व्यवसायीलाई आग्रह गरे ।

नागरिक उड्डयन प्राधिकरणको हेलचेक्र्याई र लापरबाहीले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पर्याप्त मात्रामा हुन नसकेको भन्दै पौडेलले व्यावसायीले गरेको दबावमूलक आन्दोलनमा ऐक्यवद्धता जनाए ।

पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालनका लागि उपयुक्त कार्यविधिबारे आफूले सुझाव दिएको र छिटो संचालनमा आउने  आशा व्यक्त गरे ।

पौडेलले बुटवलमा संचालनमा आउन लागेका २ वटा केबलकार, बुटवल कालिकापथको रात्रीकालीन ब्यबसायले बुटवलको पर्यटनमा ठूलो टेवा पुग्ने औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?