+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वर्णिम वाग्लेलाई सुरेन्द्र पाण्डेको प्रश्न : टिकट पाउन कति पैसा तिर्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १६:२८

२९ चैत्र, गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए ।

‘उहाँ बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिनेबित्तिकै विदेश जानुभयो, उतै जागिर खानुभयो’, बुधबार गोरखामा पत्रकारहरुसँग कुरकानी गर्दै पाण्डेले भने, ‘हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाईं हामीले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’

निर्वाचनअघि पनि विदेशमा रहेका वाग्ले टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरे मात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत रहेको भन्दै उनले थपे, ‘त्यसो हो भने उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडि भन्नुपर्‍यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न रवि लामिछानेको कोर टिमका मान्छेले २ करोड रुपैयाँ मागेको भनी व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो सार्वजनिक भएको प्रसंग उठाउँदै पाण्डेले सोधे, ‘उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुपर्‍यो ।’ वाग्लेका कारण तनहुँ कांग्रेसमा बिचलन नआउने उनको तर्क छ ।

हालै कांग्रेस छाडेका स्वर्णिम वाग्ले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनेका छन् ।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता पाण्डेले हालका मुख्यमन्त्री खगराज अधिकारीलाई समेत कटाक्ष गरेका छन् । अल्पमतमा परेपनि पदमा बसिराख्नु उचित नभएको भन्दै संसदमा आफ्नो परीक्षण गर्न सुझाव दिए ।

‘अल्पमतमा परिसकेपछि नैतिकताको आधारमा पद छाड्नुपर्ने हो, तर बसिराख्नुभएको छ,’ उनले भने, ‘केही उद्घाटन बाँकी छ रे ! त्यो सकेर जानुस् भनेको छु ।’ वैशाख ११ गते गोरखाले मुख्यमन्त्री पाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आलोपालो भने हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?