
काठमाडौं । सुनसरीका कोरोना संक्रमित पत्रकारहरुको बीमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियन सुनसरीले बीमा कम्पनीको ध्यानाकर्षण गराएको छ ।
बुधबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले आईएमी जनरल इन्स्युरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्रमा कोरोना संक्रमित सञ्चारकमीहरुको बीमाबापतको रकम उपलब्ध गराउन आग्रह गरिएको छ ।
इन्स्योरेन्स कम्पनीका कोभिड इन्चार्ज लोकेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अधिकारीले ४८ मध्ये ३० जनाको एक लाखका दरले बीमाबापतको रकम उपलब्ध भएपनि बाँकी १८ जनाको रकम चाँडै उपलब्ध गराउन आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्कीले हालसम्म सुनसरीबाट ४८ जना सञ्चारकर्मीको सूची आएको र चाँडै सरकारसँग वार्ता गरेर भुक्तानी दिइने प्रतिबद्वता जनाए ।
युुनियनले कोरोना महामारीको समयमा सुनसरीका २६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गरेको थियो । जसमध्ये ४८ जना संक्रमित भएका थिए भने हालसम्म ३० जनाले एक लाखका दरले भुक्तानी समेत पाइसकेका छन् ।
प्रतिक्रिया 4