+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १७:४२

८ वैशाख, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ) बाँडफाँट भएको छ । कम्पनीले २८ चैतदेखि ३ वैशाखसम्म आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रपैयाँ अंकित मूल्यमा जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुने १० करोड ७२ लाख ९७ हजार २०० रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ५ लाख ३६ हजार ४८६ कित्ता सेयर जारी गरेको भएपनि उक्त आईपीओमा १ लाख ४१ हजार ८२० कित्ता सेयर मात्रै बिक्री भएको थियो । स्थानीयलाई जारी गरेर बिक्री नभएको समेत गरि सर्वसाधारण लगानीकर्ताले १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि सर्वसाधारणको आवेदन माग गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल शुक्रबार आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा १३ लाख ८३ हजार ७२४ आवेदकबाट १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापटिलले जनाएको छ । १ लाख १० हजार २७४ को आवेदन रद्द भएको छ । यस्तै ४ हजार ५०४ जनाको आवेदक अयोग्य भएको हुँदा १२ लाख ६८ हजार ९४६ आवेदन सदर भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँट भएको छ । यसरी बाँडफाँट गर्दा योग्य आवेदक मध्ये १ लाख २७ हजार १८६ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । त्यस मध्ये एक जनाले थप एक कित्ता अर्थात ११ सेयर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?