+
+

गुगलमा अकाउन्टलाई सुरक्षित कसरी बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १९:२९

२२ वैशाख, काठमाडौं। अनलाइन अकाउन्टमा पासवर्ड राख्ने भन्ने कुरा सजिलो जस्तो लाग्दछ, तर यो त्यति सजिलो काम होइन ।

आफ्ना व्यक्तिगत तथा व्यवसायिक जानकारीहरुलाई सुरक्षित राख्नका लागि बलियो तथा युनिक पासवर्डको अहम् भूमिका रहन्छ । यसले वेब ब्राउज गरिरहँदा कसैले तपाइँको पासवर्ड पत्ता लगाउने सम्भावना कम हुन्छ ।

राम्रो पासवर्ड व्यवस्थापनको अभ्यासले तपाइँलाई बलियो पासवर्ड सिर्जना गर्न, भण्डारण गर्न, पुनःप्राप्त गर्न तथा सुरक्षित साथ शेयर गर्न सहयोग पूराउँदछ ।

वास्तवमा पासवर्डहरु अनलाइन सेक्योरिटीका निकै महत्वपूर्ण हिस्सा हुन् । कमजोर तथा सजिलो पासवर्ड प्रयोग गर्दा हाम्रा संवेदनशील व्यक्तिगत तथा व्यवसायिक जानकारीहरु ह्याकर तथा साइबर अपराधीको हात पर्ने जोखिम रहन्छ । जस्तै एउटा पासवर्ड धेरैवटा अकाउन्टमा प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन्छ । यस्तोमा यदि कसैले तपाइँको एउटा अकाउन्टको पासवर्ड पत्ता लगायो भने तपाइँका अन्य धेरैवटा अकाउन्टहरु एकसाथ ह्याकरको कब्जामा पर्ने खतरा हुन्छ ।

गुगलमा पासवर्ड म्यानेजर टूल हुन्छ । यसले प्रयोगकर्तालाई आफ्नो फोन वा कम्प्युटरमा पासवर्ड सिर्जना गर्न, स्मरण गर्न तथा अटोफिल गर्न सहयोग गर्दछ । यो फिचर क्रोमको वेब भर्सनसँगै एन्ड्रोइड तथा आइओएस एपमा पनि उपलब्ध छ ।

यदि तपाइँको पासवर्ड कसैले पत्ता लगाएर अकाउन्ट ह्याक गरेको खण्डमा पनि गुगलको रिकभरी फिचर उपयोगी हुन्छ । आफ्नो अकाउन्टमा रिकभरी इमेल एड्रेस थप्नका लागिः

  • गुगल अकाउन्टमा जानुहोस्
  • बायाँ नेभिगेसन प्यानलमा रहेको Personal Info अप्सनमा क्लिक गर्नुहोस्
  • त्यसपछि Contact info panel मा रहेको Email मा क्लिक गर्नुहोस्
  • Add Recovery Emailमा क्लिक गरी रिकभरी इमेल थप्नुहोस्

रिकभरी फोन नम्बर थप्नका लागिः

  • आफ्नो गुगल अकाउन्टमा लगइन गर्नुहोस्
  • बायाँ नेभिगेसन प्यानलमा रहेको Personal info मा क्लिक गर्नुहोस्
  • त्यसपछि Contact info panel मा क्लिक गर्नुहोस् र Add Recovery Phone मा गएर फोन नम्बर थप गर्नुहोस्

वास्तवमा कुनै बलियो पासवर्ड सम्झनायोग्य हुन्छ तर अरु कसैले अनुमान गर्न नसक्ने खालको हुन्छ । त्यसैले आफ्ना गुगल अकाउन्टहरुलाई सुरक्षित राख्नका लागि बलियो तथा सुरक्षित पासवर्ड राख्नुहोस् । एजेन्सीको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?