+
+

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको युएनएचसीआरले गर्‍यो स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १९:२५

२७ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो गहिरो चासो रहेको जनाएको छ ।

अनलाइखबरसँगको कुराकानीमा यूएनएचसीआर कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा नेपाल सरकारले गरिरहेको कामको स्वागत गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।

युएनएचसीआर कार्यालयले भुटानी शरणार्थीहरूको सामूहिक पुनर्बास कार्यक्रम सन् २०१६ को ३१ डिसेम्बरमा समाप्त भइसकेको र अब पुनः सञ्चालन नहुने जनाएको छ ।

‘भुटानी शरणार्थीहरूको सामूहिक पुनर्बास कार्यक्रम ३१ डिसेम्बर २०१६ मा नै बन्द भइसकेको छ । साथै, पुनः सञ्चालन हुनेछैन,’ यूएनएचसीआर कार्यालयले इमेलमार्फत भनेको छ, ‘पुनर्बास कार्यक्रम सकिसकेको बारेमा यस कार्यालयले निरन्तर जानकारी दिँदै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?